छट्पटीको संसार


फुटेका ईंटा, माटोको थुप्रो र कंक्रिटका टुक्रा

बाटामा थुप्रिएका छन्,
सुकेका पात, बिउँझेका बिरुवा, र फक्रिएको वसन्त,
धुलाम्मे ढाकिएका छन् ।

घना टाउकोले छतमा ठोक्छ, टुक्राहरू छरपस्ट हुन्छन्
बारीका मेरा बिरुवा पनि धूलोले अन्धा भएका छन्,
केवल घामको राप ताकेर उघ्रन्छन्,
अनि कुर्दछन्, मौरी र माखा ।

नेपाली हुनुको पीडा र मेरो जीवनको अर्थ यसरी जेलियो,
म माकुरा जालोमा आँफै फसें ।
मनको छटपटीसँगै, म हिंड्न थाल्दछु,
र थाहै नपाई, प्रेयसीलाई बोलाउँछु,
उनका शब्दसंगै, म बिउँझिन्छु यथार्थमा,
तर मसंग बोल्ने कुनै शब्द छैन, न मसंग उत्तर छ,
मैले उनलाई किन सम्बोधन गरें, अनायास । धेरै पल्ट ।

म फेरि टोल्हाउन थाल्छु, छट्पटीको संसारमा ।
म हेर्छु, डोजरले बनाइरहेको हाम्रो नयाँ नेपाल,

तर मलाई डर लागिरहेको छ,
कतै धुलाम्मे शरीर वसन्तको नियति त हैन ?
म देख्छु, खाडीमा कालो कपडाले ढाकिएका महिला,
अँध्यारो कुनाबाट दुई आँखाले टुलुटुलु चियाइरहेका,
कतै सामाजिक बन्धन, हाम्रो भविष्य त हैन ?

म भेट्छु, धूले बगैंचाको बिचमा एउटा फुटेको खपटा,
अनि ओल्टाइपल्टाई, त्यहाँ मुनि,
एउटा मरेको माकुरा ।

  • — अर्चल

Also read

युग जी ता: Craggy Comfort 

दिति:          Hidden Treasure 

केशव :        समवेदना, क्रान्तिको भ्रमप्रति


Tags: , , ,

3 responses to “छट्पटीको संसार”

  1. keshuvko says :

    वर्तमानमा रहेको अन्यौलको सही चित्रण भएको छ ।

  2. sewa says :

    i like the punchline a lot

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: